logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

भूमि प्रशासनका लिखित फाराम सरलीकरण गरिने, सेवाग्राहीले अब आफैं भर्न सक्ने

भूमि प्रशासनका लिखित फाराम सरलीकरण गरिने, सेवाग्राहीले अब आफैं भर्न सक्ने


  • बुधबार, साउन २० २०८३
  • 0.7K
    SHARES

    काठमाडौं, २० साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन कार्यालयमा प्रयोग हुने लिखित फारामलाई सरल र सेवाग्राहीमैत्री बनाउने प्रक्रिया अघि बढाएको छ।

    मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ।

    समितिलाई हाल प्रयोगमा रहेका लिखित फारामहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र अरूको सहयोगबिनै आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको छ।

    मन्त्रालयका अनुसार समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नुपर्नेछ। प्रतिवेदनका आधारमा सरलीकृत फाराम कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ।

    हाल भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने धेरै सेवाग्राहीले जटिल फारामका कारण अरूको सहयोग लिनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्न फाराम सरलीकरणको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार यस पहलले सेवाप्रवाहलाई थप सहज, छिटो र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page