logo

बिहिबार, साउन २१ २०८३

kantipurpationlinetv

२०८३ साउन २१ बिहिबार

शुक्रबारदेखि करदाता उपहार कार्यक्रम, १५ जनाले एक–एक लाख र एक जनाले १० लाख पाउने

शुक्रबारदेखि करदाता उपहार कार्यक्रम, १५ जनाले एक–एक लाख र एक जनाले १० लाख पाउने


  • बिहिबार, साउन २१ २०८३
  • 56
    SHARES

    काठमाडौं, २१ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। विभागले शुक्रबार पहिलो पटक उपहार घोषणा गर्ने भएको छ।

    बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभागका प्राविधिकले उपहार छनोट गर्ने विधि र प्रणालीको नमुना प्रस्तुतीकरण गरेका थिए।

    विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्येबाट शुक्रबार उपहार विजेता छनोट गरिनेछ।

    कार्यक्रमअन्तर्गत उक्त अवधिको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, साउन १ देखि १५ गतेसम्मको सम्पूर्ण कारोबारलाई आधार मानेर एक जना उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिने विभागले जनाएको छ। बम्पर उपहारमा भने प्रचलित कानुनअनुसार कर लाग्नेछ।

    आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम घोषणा गरेका थिए।

    विभागका अनुसार अब हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) उपहार विजेताको घोषणा गरिनेछ।

    बैंक वा डिजिटल वालेटको क्यूआर कोडमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। यद्यपि, उपहार दाबी गर्दा खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

    नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि मात्रै उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page