logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

ओलीकै शैलीमा राजेन्द्र लिङदेन,पार्टीविपरीत लेख्न र बोल्न कार्यकर्तालाई बन्देज

ओलीकै शैलीमा राजेन्द्र लिङदेन,पार्टीविपरीत लेख्न र बोल्न कार्यकर्तालाई बन्देज


  • शनिबार, साउन ३ २०८२
  • 9.3K
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफना नेता र कार्यकर्तालाई पार्टी सिद्धान्तविपरित लेख्न र बोल्न बन्देज लगाएपछि राजेन्द्र लिङदेनको चर्को आलोचना भएको छ । यतिबेला राप्रपाका कतिपय नेताहरूले वक्तव्य नै निकालेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरिरहेका छन । पार्टीले गरेको अनुशासनको कारबाही लगायतका कतिपयले विरोध जनाउन थालेपछि अहिले राप्रपाभित्र एक खालको आन्तरिक विबाद नै बढिरहेको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न सुझाएका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरिएको छ ।’ राप्रपाको अनुशासन समितिले पनि पार्टी सिद्धान्तविपरीत नबोल्न निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मात्रै मुकुन्दश्याम गरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका थिए । आफ्नोविरुद्ध वक्तव्य जारी गरेपछि उनले गिरीलाई पदमुक्त गरेका हुन् ।

    यता हिजो मात्रै राप्रपाका चार पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनले विधानविपरीत स्वेच्छाचारी निर्णय गरेको आरोप लगाएका थिए। उनीहरू नवराज सुवेदीलाई अनुशासन समितिबाट निकालेको भन्दै आपत्ति जनाएका हुन्। आफूविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेपछि लगत्तै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अब कठोर हुने समय आएको’ टिप्पणी गरेका थिए। यसअघि महामन्त्री धवल शमशेरको सचिवालयमा लिङ्देनविरुद्ध राप्रपाको छु्टै भेला राखिएको थियो भने सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिको संयोजकमा पुनर्बहाली माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको छ।

    यसैगरि राप्रपाले देशमा फैलिँदो सबैखाले भ्रष्टाचारको छानबिन र कडा कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ । राजधानीमा प्रदर्शनसहित राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । अख्तियार प्रमुख आयुक्तलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा राप्रपाले नेपालमा भ्रष्टाचार महामारीका रूपमा फैलिएको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध ठोस र निष्पक्ष कदम चाल्न माग गरेको छ।
    राप्रपाले हालैको नक्कली भुटानी शरणार्थी काण्ड, सहकारी ठगी प्रकरण, निर्माण सामग्रीको मूल्यवृद्धि, भिजिट भिसा दुरुपयोग र मन्त्रीहरूको अडियो प्रकरणजस्ता घटनाले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम बनाएको आरोप लगाएको छ। ज्ञापनपत्रमार्फत पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चिनियाँ विमान खरिद, कृषि अनुदान दुरुपयोगलगायतका ठुला काण्डमा भइरहेको ढिलासुस्तीप्रति पनि गम्भीर ध्यानाकर्षण गराइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page