काठमाडौं: टेलिसिरियलमार्फत लोकप्रियता कमाएका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बन्ने नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु भएको छ।
साउन १५ गते बिहीबार, ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा मुहूर्त पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरु गरिएको हो।

पशुपति शिवजी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा पारिवारिक कथावस्तु रहने निर्माण टिमले जानकारी दिएको छ।
फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, अर्जुन घिमिरे, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारको अभिनय रहनेछ।
यस फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले झन्डै एक दशकपछि नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारी गरेका छन्।
फिल्मको कथा कुमार व्यञ्जनकार (कुमार बेन)ले लेखेका हुन्। पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेको रहेको छ भने सह–निर्देशनमा विशाल घिमिरे रहनेछन्।
बुद्ध थापाले छायांकन गर्ने फिल्मको सुटिङ काठमाडौं, ललितपुर र भक्तपुरमा गरी करिब डेढ महिनासम्म चल्ने जनाइएको छ।

निर्माण टिमका अनुसार फिल्ममा काठमाडौं महानगरका मेयर बालेन शाहको स्वरमा रहेको एउटा गीत पनि समावेश गरिनेछ।
निर्माताका अनुसार ‘झरीपछिको इन्द्रेणी’ बाबु र छोराबीचको सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको पारिवारिक फिल्म हो। काठमाडौंको शहरी परिवेशमा आधारित कथाले परिवारभित्रको भावना, संघर्ष र आशाको चित्रण गर्ने जनाइएको छ ।

‘झरीपछिको इन्द्रेणी’ अगाडि अर्जुन घिमिरे कार्यकारी निर्माता रहेको फिल्म ‘लाज शरणम्’ निर्माण भइसकेको छ। उक्त फिल्म सिरियल ‘सक्किगोनि’कै टिमले बनाएको थियो भने निर्देशन कुमार कट्टेलले गरेका थिए।
‘झरीपछिको इन्द्रेणी’ भने अर्जुन घिमिरेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण