काठमाडौं । तीज नजिकिँदै जाँदा नयाँ गीतसंगीतको बहारले नेपाली सांगीतिक बजारमा रौनक थपेको छ। लोकप्रिय लोकदोहोरी दिदी–भाइ जोडी रेजिना परियार र सुमन परियारको सहकार्यमा तयार भएको तीज गीत ‘राता मकै’ सार्वजनिक भएको छ।
रेजिना परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले बजारमा आएको केही घण्टामै सकारात्मक प्रतिक्रिया बटुलेको छ।
गीतको शब्द रचना रेजिनाकै हो भने लय सुमन परियारले सिर्जना गरेका हुन्। रेजिनाको एकल स्वरमा रेकर्ड गरिएको यो गीत मौलिक शैलीमा तयार भए पनि यसको भिडियो आधुनिक टचसहित प्रस्तुत गरिएको छ।
भिडियोमा सुमन परियार र संजना गुरुङको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भिडियोमा गाउँघरको मौलिक संस्कार, तीजको उमंग र आधुनिक प्रस्तुतिबीचको राम्रो संयोजन देखिन्छ।
लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका दिदी–भाइको यस सहकार्यलाई दर्शकले विशेष रुचाउने अपेक्षा गरिएको छ। गीतले महिला उत्सव, संस्कार र मौलिकतालाई नयाँ ढङ्गले प्रस्तुत गरेको सर्जकहरूको विश्वास छ।
भिडियो हेर्नुहोस्:
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक