टोखा । शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षा सकेर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै टोखा नगरपालिका वडा नं ३ को आयोजनामा सञ्चालित एक साताको हस्तलेखन प्रशिक्षण कार्यक्रम चैत २८ गते सम्पन्न भएको हाे । विद्यार्थीहरूको लेखाइमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम अवधिभर प्रशिक्षकहरूले लेखाइको महत्त्व, अक्षरको संरचना, लेखाइ सुधारका प्रविधिहरू लगायतका विषयमा प्रशिक्षण दिएका थिए। समापन कार्यक्रममा वडा अध्यक्ष रमेश डंगाेलले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै हस्तलेखनले व्यक्तित्व र आत्मविश्वास निर्माणमा सकारात्मक प्रभाव पार्ने बताउनु भयाे । उहाँले भविष्यमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नु भयाे ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले लेखाइ शिक्षाको आधारभूत पक्ष भएको उल्लेख गर्दै विद्यार्थीको हस्तलेखन सुधारले उनीहरूको सम्पूर्ण शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे । “यस प्रकारको व्यवहारिक तालिमले बालबालिकामा अनुशासन, ध्यान र कलात्मकता विकास गर्छ,” उहाँले भन्नुभयाे ।
स्थानीय अभिभावक तथा विद्यालय प्रतिनिधिहरूले यस्तो कार्यक्रमले बालबालिकाको लेखन क्षमतामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण