logo

शनिबार, भाद्र २७ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २७ शनिबार

भब्य रुपमा कलाकारकै माझ मनायो राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रोपाईँ उत्सव (तस्बिर सहित)

भब्य रुपमा कलाकारकै माझ मनायो राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रोपाईँ उत्सव (तस्बिर सहित)


  • आइतबार, असार १५ २०८२
  • 7.8K
    SHARES

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७, शिवचोकमा व्यस्त कलाकारहरु धान दिवस मनाउन पुगेका थिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र इन्द्रेणी सांस्कृतिक समाजको आयोजनामा भएको ‘राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव’ मनाउन कलाकारहरुको जमघट भएका थिए । लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको सभापतित्व एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा स्थानीयहरुको बाक्लो उपस्थितिमा ‘राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव’ मनाइएको थियो ।
    कार्यक्रममा प्रतिष्ठित गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी र प्रतिष्ठित गायक शिवनारायण जोशीलाई सांस्कृतिक सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममा चर्चित गायक गायिका मन्जु पौडेल, बद्री पंगेनी, नविन पौडेल, सरोज लामिछाने, सन्जु न्यौपाने, आयुषा गौतम, रवि कार्की, अभिनेत्री एलिजा गौतम लगायतको उपस्थितमा खेतमा धान रोप्दै ‘राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव’ मनाइएको थियो ।

    असार १५ कृषकहरुका लागि महत्वपूर्ण दिन हो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असारलाई लिइने गरिन्छ । यो दिन खेतमा बाजागाजा सहित रोपाइँ गर्ने, हिलो खेल्ने र दहीचिउरा खाने दिनका लिइने गरिन्छ । कार्यक्रममा खेत रोप्दै दहि चिउरा खाँदै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सुरुवातमा धानको बिउले पञ्चेबाजा पूजा गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    राष्ट्रिय सञ्चारकर्मी नेपालले गत वर्ष पनि गोकर्णेश्वर नगरपालिकाको उत्तरगंगामा धान दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भनिए पनि पछिल्लो समय किताबमा मात्र सीमित छ । त्यसैले मुलुक कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिन वर्षेनी रोपाइँ उत्सव मनाउँदै आएको आयोजक लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले बताए।




    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page