logo

बिहिबार, चैत्र ११ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ११ बिहिबार

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा चन्द नियुक्त

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा चन्द नियुक्त


  • बिहिबार, चैत्र ११ २०८२
  • 2.5K
    SHARES

    सुर्खेत — कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी तथा सदस्य पदहरूमा नियुक्ति गरेको छ।

    बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को सदस्य सचिव पदमा वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतका रवीन्द्र चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, उपाध्यक्ष पदमा वीरेन्द्रनगर नगरपालिका–५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।

    बैठकले परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    यससम्बन्धी जानकारी विनोदकुमार शाहले दिएका हुन्, जो प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech