काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यस पटक समयमै महाधिबेसन गर्ने निर्णय गरेको छ। पहिलो पटक महिला नेतृत्वमा पुगेको प्रतिष्ठानले रिता थापाको अध्यक्ष भए देखिनै सकारात्मक कामहरु हुदै आएको छ। दोहोरी क्षेत्रमा देखिएको बिकृति बिरुद्ध डटेर लागेकी रिताले यस पटक सस्थालाई आर्थिक हिसाबमा पनि बलियो बनाउन बिभिन्न कार्यक्रमहरु बनाउदै अगाडी बढेकी छिन। सस्थालाइ सहि समयमै नया टिमलाइ हस्तान्तरण गर्ने सोचमा रिता पुगेकी हुन्।
प्रतिष्ठानको हालसालै बसेको केन्द्रीय समितिको बैठकले फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन् । उनले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने तय भएको जानकारी दिइन् ।
बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय समेत गरेको छ ।
अध्यक्ष थापा मगरका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुङ्गो लगाउने निर्णय समेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल वितरण र आजिवन सदस्य व्यवस्थित गर्ने निर्णय पनि भएको छ ।
महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ । प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् ।
प्रतिष्ठानले जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति एकै दिन अधिवेशन सक्ने पनि तयारी गर्दै छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण