गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ। विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगञ्जको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनामा बुधबारदेखि शिविर सञ्चालनमा आएको हो।
शिविरको पहिलो दिन २५ जना बिरामीको सफल मोतियाविन्दु शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसअघि चैत १७ गतेदेखि २१ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा ७३० जनाको परीक्षण गर्दा ८२ जनामा शल्यक्रिया आवश्यक देखिएको थियो। सोही आधारमा लक्षित गरी हाल शल्यक्रिया शिविर सञ्चालन गरिएको हो।
घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको उक्त शिविर आजसम्म जारी रहनेछ। बाँकी रहेका बिरामीहरूको शल्यक्रिया आजै सम्पन्न गरिने जनाइएको छ।
शल्यक्रियाका लागि आउने बिरामीहरूको सहजताका लागि गाउँपालिकाले घरदेखि स्वास्थ्य चौकीसम्म ल्याउने–लाने व्यवस्था मिलाएको छ। साथै, शल्यक्रियापछि बस्नुपर्ने अवस्थाका बिरामी तथा कुरुवाका लागि निःशुल्क खानपान र आवासको व्यवस्था समेत गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
यसैबीच, वडा स्तरमा सञ्चालन गरिएको आँखा परीक्षण शिविरको क्रममा २०२ जनालाई निःशुल्क चश्मा वितरण गरिएको पनि जानकारी दिइएको छ।
उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका आँखासम्बन्धी समस्याबाट पीडित नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयले बताएका छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै