स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको छ। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका समस्याबारे जानकारी लिन मन्त्री पूर्व जानकारी बिना नै अस्पताल पुग्नुभएको हो।
अनुगमनका क्रममा उहाँले अस्पतालको सरसफाई, बिरामीको चाप, लामो लाइन (Queue Management), औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।
यस क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य उपचारका लागि पनि घण्टौँ कुर्नुपर्ने समस्याबारे गुनासो गरेका थिए। मन्त्रीले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ। उहाँले सरसफाई सुधार, प्रविधिमैत्री पालो व्यवस्थापन प्रणाली लागू गर्न तथा औषधि आपूर्तिमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो।
“जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,” भन्दै मन्त्रीले मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी