गोरखा: धार्चे गाउँपालिकाको पशु प्राविधिकहरूले नागरिकहरूको गोठ–गोठमै पुगेर पशु उपचार सेवा प्रदान गर्न थालेका छन्। यस कार्यले विशेषगरी दुर्गम गाउँमा बसोबास गर्ने कृषकहरूलाई ठूलो राहत पुगेको छ।
गाउँपालिकाका अनुसार वडा नं. ४ र वडा नं. ५ का विभिन्न बस्तीहरूमा पुगेर पशुहरूको उपचार, औषधि वितरण तथा आवश्यक परामर्श दिइँदै आएको छ। पशुमा रोग लागेपछि समयमै उपचार नपाउने समस्या न्यूनीकरण गर्न प्राविधिक टोली घरदैलोमै खटिएको हो।
सेवा अन्तर्गत पशुहरूको स्वास्थ्य परीक्षण, रोगको पहिचान, आवश्यक औषधि प्रयोग तथा बन्ध्याकरण सेवा समेत प्रदान गरिएको छ। साथै कृषकहरूलाई पशुपालनसम्बन्धी सचेतना तथा परामर्श पनि दिइएको छ।
टाढा रहेका गोठहरूमा औषधि र उपचार नपाउने समस्या घट्दै गएको स्थानीयले बताएका छन्। आवश्यकता अनुसार कृषकहरूले फोनमार्फत पनि प्राविधिकलाई बोलाउने गरेका छन्।
गाउँमै पुगेर पशु सेवा दिन थालेपछि दुर्गम क्षेत्रका कृषकहरूलाई सहज भएको छ भने पशुपालन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी