गोरखा — बरपाक सुलिकोट गाउँपालिका–६ बहाकोटमा ५ औं मनासलु कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। मनासलु युवा क्लब बहाकोटको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सञ्चालनमा आएको हो।
“स्वास्थ्य, मित्रता र राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन बरपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा मनासलु युवा क्लबका अध्यक्ष पवन गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको औपचारिक सुरुवात रेफ्रीलाई बल हस्तान्तरण गरेर गरिएको थियो।
प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलहरूमा मैलुङ्ग एफसीले मनासलु युवा क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ। त्यस्तै, सातदोबाटो एफसीले उलाजुङ्ग एकता युथ क्लबलाई १–० गोल अन्तरले हराएको छ। अर्को खेलमा भालुस्वारा र माझथरबीचको प्रतिस्पर्धा निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा माझथर ३–२ ले विजयी बनेको छ।
प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता यही महिनाको ५ गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड