गोरखा — गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको आँपपिपल अस्पतालले ओपीडी तथा प्रशासन सेवा सम्बन्धी नयाँ सूचना जारी गरेको छ।
अस्पताल प्रशासनले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८३/०१/०४ गते प्रकाशित प्रेस विज्ञप्ति बमोजिम अबदेखि शनिबार र आइतबार ओपीडी तथा प्रशासन सेवा बन्द रहने जानकारी दिएको हो।
तर, आकस्मिक सेवा (Emergency) तथा अन्तरंग विभाग (IPD) लगायतका सेवाहरू भने २४ सै घण्टा निरन्तर सञ्चालनमा रहने अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल प्रशासनका अनुसार सेवाग्राहीहरूलाई आवश्यक जानकारी लिई सेवा लिन अनुरोध गरिएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल