logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

धुर्कोट आधारभूत अस्पतालमा दन्त तथा मुख उपचार सेवा सञ्चालनमा

धुर्कोट आधारभूत अस्पतालमा दन्त तथा मुख उपचार सेवा सञ्चालनमा


  • शनिबार, बैशाख ५ २०८३
  • 16.6K
    SHARES

    बासुदेव पोखरेल,गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकास्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त तथा मुख सम्बन्धी उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्षले बताएका छन्।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्षले अब ग्रामीण क्षेत्रका बासिन्दाले दाँत तथा मुखसम्बन्धी उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। उनले यस सेवाले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बताए।

    अस्पताल प्रमुख डा. सुलोचना न्यौपानेका अनुसार स्थानीय स्तरमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। साथै, प्रत्येक महिनाको पहिलो शनिबार आँखा, दन्त तथा मुखसम्बन्धी विशेष उपचार सेवा सञ्चालन गरिने पनि जानकारी दिइएको छ।

    यस पहलसँगै स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने र नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page