logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

बेसीशहर नगरपालिकामा वैशाख ७ देखि विद्यार्थी भर्ना अभियान, १० देखि नियमित कक्षा सञ्चालन

बेसीशहर नगरपालिकामा वैशाख ७ देखि विद्यार्थी भर्ना अभियान, १० देखि नियमित कक्षा सञ्चालन


  • आइतबार, बैशाख ६ २०८३
  • 2.2K
    SHARES

    बेसीशहर, वैशाख ६ — बेसीशहर नगरपालिकाले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

    नगर शिक्षा समितिको बैठकले वैशाख ७ देखि ९ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने तथा सोही अवधिमा शैक्षिक सत्र २०८३ को वार्षिक कार्ययोजना र कार्यतालिका निर्माण गर्ने निर्णय गरेको हो। साथै, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले विभिन्न योजनाहरू तयार गरिने जनाइएको छ।

    नगरपालिकाका अनुसार भर्ना अभियानलाई प्रभावकारी बनाउन सबै विद्यालय, शिक्षक तथा सरोकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ।

    यसैगरी, वैशाख १० गतेदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरूमा नियमित रूपमा पठन–पाठन कार्य सुरु गरिनेछ। नयाँ शैक्षिक सत्रलाई समयमै र व्यवस्थित रूपमा अघि बढाउन आवश्यक तयारीहरू तीव्र रूपमा अघि बढाइएको नगर शिक्षा समितिले जनाएको छ।

    नगरपालिकाले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई समयमै विद्यालयमा भर्ना गराउन अनुरोध गर्दै सफल भर्ना अभियानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page