गोरखा: आँपपिपल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधी वितरण प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि बिमा सुविधाअन्तर्गत औषधी लिन सम्बन्धित बिरामी स्वयं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम लागू गरिएको अस्पतालले जनाएको छ।
अस्पतालद्वारा जारी सूचनाअनुसार बिरामीको सट्टामा आफन्त, सहयोगी वा अन्य कुनै प्रतिनिधि (proxy) मार्फत औषधी लिन पाउने व्यवस्था अब मान्य नहुने स्पष्ट गरिएको छ। औषधी पुनः-भर्ना (refill) प्रक्रियामा समेत बिरामी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था कायम गरिएको छ।
अस्पताल प्रशासनका अनुसार यो निर्णय बिरामीको उचित स्वास्थ्य मूल्याङ्कन, औषधीको सुरक्षित वितरण तथा स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धी नियमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न लागू गरिएको हो।
यो नयाँ व्यवस्था तत्काल प्रभावबाट लागू भएको आँपपिपल अस्पतालले जनाएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल