गोरखा — प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र गोरखा नगरपालिकाको सहयोगमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा अन्तरगत थेरापी सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए।
उनका अनुसार आयुर्वेद थेरापी सेवा अन्तरगत पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा थप गरिएको छ। एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयुर्वेद सेवा सुरु गरिएको उनले बताए।
अस्पतालमा आयुर्वेद सेवाका लागि छुट्टै भवन समेत व्यवस्था गरिएको छ। शाखामार्फत विभिन्न आयुर्वेदिक थेरापी सेवा तथा आयुर्वेदिक औषधि सेवा समेत उपलब्ध गराइएको छ।
अध्यक्ष ढकालले सबै बिरामीलाई एलोपेथी औषधिले मात्र काम नगर्ने भएकाले आवश्यकताअनुसार आयुर्वेदिक उपचार सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे। अस्पतालले सबै प्रकारका बिरामीलाई एकै स्थानबाट उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल