भक्तपुर — २०८३ जेठ ७ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसली माया थोकरसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।
नगर प्रमुख प्रजापतिले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन अवलोकनका लागि भक्तपुर पुगेको टोलीलाई खादा तथा भादगाउँले टोपीद्वारा स्वागत गर्नुभएको थियो। भेटमा दुवै नगरपालिकाबीच सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृति संरक्षणलगायत विषयमा अनुभव आदानप्रदान भएको थियो।
भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, स्थानीय विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन तथा सरसफाइ क्षेत्रमा गरिरहेको कामबारे जानकारी गराउनुभयो। उहाँले सम्पदा क्षेत्र घोषणा गर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको उल्लेख गर्दै परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो।
परम्परागत इँटा, काठको झ्याल–ढोका, झिंगटी तथा मौलिक शैलीमा निर्माण गरिएका घरहरूले ऐतिहासिक बस्तीको सौन्दर्य संरक्षणमा योगदान पुर्याउने भएकाले नगरवासीलाई यसतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। साथै शिक्षा, छात्रवृत्ति, शैक्षिक ऋण तथा सीपमूलक तालिममार्फत युवालाई स्वरोजगार बनाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो।
भेटमा गोरखा नगर प्रमुख रानामगरले गोरखाको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व संरक्षणका लागि सम्पदा बस्ती घोषणा तथा कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले भक्तपुरको अनुभव उपयोगी रहेको उल्लेख गर्दै गोरखामा पनि यस्तै अभ्यास अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख थोकरले भक्तपुरले अपनाएको सम्पदामैत्री विकास मोडेल, परम्परागत शैलीमा घर निर्माणमा अनुदान तथा संस्कृति संरक्षणका अभ्यासहरू गोरखाका लागि अत्यन्त उपयोगी रहेको धारणा राख्नुभयो।
भेटका अवसरमा प्रमुख प्रजापतिले गोरखा नगर प्रमुख रानामगरलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो।
टोलीमा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, वडाध्यक्ष राजेन्द्रकुमार जोशी, इन्जिनियर प्रकाश ढकाल, लेखा अधिकृत सन्तोष लामिछाने, प्रशासकीय अधिकृत विजय उपाध्याय, संस्कृतिविद राजुबाबु श्रेष्ठ, पत्रकार राजेन्द्र न्यौपाने, भाष्कर श्रेष्ठ, किशोरजंग थापा लगायतको उपस्थिति रहेको थियो।
प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप माध्यमिक विद्यालय र ख्वप अस्पतालको समेत अवलोकन गरेको छ।
तस्बिरहरु हेर्नुहोस्:

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण