logo

आइतबार, भाद्र ७ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ७ आइतबार

दीप प्रज्वलन, स्वास्थ्य परीक्षण र फलफूल वितरण गर्दै प्रदेश अस्पताल गोरखाले मनायो १९औँ गणतन्त्र दिवस

दीप प्रज्वलन, स्वास्थ्य परीक्षण र फलफूल वितरण गर्दै प्रदेश अस्पताल गोरखाले मनायो १९औँ गणतन्त्र दिवस


  • शुक्रबार, जेष्ठ १५ २०८३
  • 4.1K
    SHARES

    गोरखा । प्रदेश अस्पताल गोरखाले विविध कार्यक्रम आयोजना गरी १९औँ गणतन्त्र दिवस मनाएको छ।

    “गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास र समृद्ध नेपालको निर्माण” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीको उपस्थितिमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    गणतन्त्र दिवसको अवसरमा अस्पतालले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिसहित करिब ६० जनाको निःशुल्क नसर्ने रोग (एनसीडी) परीक्षण गरेको जनाएको छ।

    त्यसैगरी, एकीकृत कार्यालयको सहयोगमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई दुईवटा ह्वीलचेयर हस्तान्तरण गरिएको थियो।

    अस्पतालले आम नागरिकलाई गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै स्वास्थ्यको अधिकारको सुनिश्चितता नै गणतन्त्रको वास्तविक उपलब्धि भएको उल्लेख गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page