गोरखा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको निरीक्षण गरेका छन्।
जेठ ६ गते सम्पन्न निरीक्षणका क्रममा कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. सिमृन काफ्लेले चालु आर्थिक वर्षमा हालसम्म सञ्चालन भएका कार्यक्रमहरूको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरेकी थिइन्।
निरीक्षणका क्रममा कार्यालयले सञ्चालन गरिरहेका कार्यक्रमको प्रगति, उपलब्धि तथा स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबारे समीक्षा गरिएको थियो। साथै जनस्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उपाय तथा प्राथमिकताका विषयमा विस्तृत छलफल भएको कार्यालयले जनाएको छ।
स्वास्थ्यमन्त्री पाण्डेले स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन, गुणस्तरीय सेवा प्रवाह तथा जनस्वास्थ्यका प्राथमिकता प्राप्त कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक निर्देशन दिएका थिए। उनले आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक सुझावसमेत दिएका छन्।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश तथा सम्बन्धित निकायका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा