logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाद्वारा ११४ विद्यालयका प्रधानाध्यापकलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय अभियानसम्बन्धी अभिमुखीकरण

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाद्वारा ११४ विद्यालयका प्रधानाध्यापकलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय अभियानसम्बन्धी अभिमुखीकरण


  • शुक्रबार, जेष्ठ ८ २०८३
  • 1.5K
    SHARES

    गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले स्थानीय तहका स्वास्थ्य समस्या पहिचान तथा सम्बोधन गर्ने विशेष कार्यक्रमअन्तर्गत स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय अभियानका लागि सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

    कार्यालयका अनुसार जिल्लाका ११४ वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम तीन समूहमा सम्पन्न गरिएको हो।

    कार्यक्रममा विद्यालयलाई स्वास्थ्य प्रवर्द्धनात्मक बनाउने अवधारणा, विद्यार्थीको स्वास्थ्य संरक्षण तथा प्रवर्द्धन, सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, स्वास्थ्यसम्बन्धी व्यवहार परिवर्तन तथा विद्यालयको भूमिका लगायतका विषयमा सहजीकरण गरिएको थियो।

    प्रदेश जनस्वास्थ्य कार्यालयले विद्यालय तहबाटै स्वास्थ्य प्रवर्द्धनका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरी विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास, स्वास्थ्य सचेतना अभिवृद्धि तथा स्थानीय स्वास्थ्य समस्याको पहिचान र समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech