logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

जापानमा प्रवास नेपाली सम्पर्क विभागको कान्तो क्षेत्रीय समिति गठन, रास्वपा सांसदसँग अन्तरक्रिया

जापानमा प्रवास नेपाली सम्पर्क विभागको कान्तो क्षेत्रीय समिति गठन, रास्वपा सांसदसँग अन्तरक्रिया


  • आइतबार, साउन १७ २०८३
  • 1.2K
    SHARES

    प्रवास नेपाली सम्पर्क विभाग जापानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र बसुमाया तामाङसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा विभागको कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्वसमेत चयन गरिएको छ।

    आइतबार टोकियोस्थित चौतारो हलमा आयोजित कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख भोजेन्द्र सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहसचिव फणिन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

    कार्यक्रममा प्रवासी नेपाली मञ्चका कुलचन्द्र खरेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, विभागका संस्थापक प्रमुख दिलेन्द्रप्रसाद जोशी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन तथा नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    अन्तरक्रियाका क्रममा सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ सांसद बसुमाया तामाङ र सांसद दीपक बोहोराले दिएका थिए। कार्यक्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, प्रवासी नेपालीका साझा सरोकार, विदेशमा रहेका नेपालीको भूमिका तथा संगठन सुदृढीकरणका विषयमा छलफल भएको आयोजकले जनाएको छ।

    यसै अवसरमा प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशन पनि सम्पन्न भएको थियो। बन्दसत्र निर्वाचन समितिका संयोजक तथा विभागका उपप्रमुख भोजेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्वाचन समितिका सदस्य रामु खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य सचिव फणिन्द्र शर्मा सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

    बन्दसत्रमा विभागका प्रमुख दीपक कार्की, प्रवक्ता अरमान गुरुङ तथा सचिवालय सदस्य कमला काप्रीले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए। निर्वाचन समितिका संयोजक सुबेदीले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने सांसद बसुमाया तामाङले प्रमाणपत्र वितरण गरेकी थिइन्।

    अधिवेशनबाट विशाल बिकेको अध्यक्षतामा प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समिति (२०२६–२०२८) सर्वसम्मत रूपमा चयन भएको छ।

    नवगठित समितिको उपाध्यक्षमा रमेशराज भट्ट, सचिवमा संगम बाबु अङ्गाई, कोषाध्यक्षमा सिजन लम्साल, प्रवक्तामा शिवहरि परियार तथा युवा संयोजकमा उदय गुरुङ चयन भएका छन्।

    त्यसैगरी सदस्यहरूमा सरिता कँडेल, प्रविण जंग थापा, रमेश आचार्य (प्रविण), विश्वप्रताप बुढा, ज्ञानु पौडेल चालिसे, सन्दीप सुबेदी, कुशल भण्डारी, विष्णु थापा, प्रेम शर्मा, टोपलाल गौतम, सञ्जय सहानी, निर्मल चन्द र गोपालप्रसाद कँडेल सर्वसम्मत रूपमा चयन भएका छन्।

    नवगठित समितिले जापानमा रहेका नेपाली समुदायबीच संगठन विस्तार, प्रवासी नेपालीका साझा हितका विषय उठान तथा नेपालको लोकतान्त्रिक राजनीतिक प्रक्रियामा रचनात्मक सहकार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page