logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी


  • बिहिबार, साउन २८ २०८३
  • 42
    SHARES

    काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गत खातावालाका हकवालालाई १० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ।

    खुमा पौडेलका श्रीमान्को दुर्घटनामा परी निधन भएपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई उक्त रकमले आर्थिक राहत पुग्ने बैंकले जनाएको छ।

    कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार यस्ता सुविधाले दुर्घटना तथा अन्य अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहारा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ।

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसबाट वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३०५ एटिएम, ४९ विस्तारित काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ।

    बैंकले सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page