logo

बिहिबार, भाद्र ४ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ४ बिहिबार

अबदेखि भद्र बन्नेछु, झट्ट रिसाउने छैन: आशिका तामाङ

अबदेखि भद्र बन्नेछु, झट्ट रिसाउने छैन: आशिका तामाङ


  • बिहिबार, भाद्र ४ २०८३
  • 91
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आगामी दिनमा आफूलाई थप भद्र, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    संसद् तथा सार्वजनिक कार्यक्रममा आफ्ना अभिव्यक्ति र आक्रामक शैलीलाई लिएर आलोचना भइरहेका बेला सांसद तामाङले सामाजिक सञ्जालमार्फत आत्मालोचनासहित आफ्नो व्यवहार र प्रस्तुतिमा सुधार गर्ने प्रतिबद्धता जनाएकी हुन्।

    सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै उनले भनेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’

    पछिल्ला दिनमा प्रतिनिधिसभा बैठकमा मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको विषयमा उनी चर्चामा आएकी थिइन्। त्यसपछि सञ्चारकर्मीसँग दिएको अभिव्यक्तिलाई लिएर पनि उनको आलोचना भएको थियो।

    उनको कार्यशैली र सार्वजनिक प्रस्तुतिलाई लिएर पार्टीभित्र तथा बाहिर विभिन्न टीकाटिप्पणी भइरहेका बेला तामाङले आगामी दिनमा आफ्नो व्यवहारलाई थप संयमित बनाउने बताएकी हुन्।

    उनको पछिल्लो अभिव्यक्तिलाई सार्वजनिक आलोचनापछि गरिएको आत्मालोचना तथा राजनीतिक भूमिकामा थप मर्यादित र अनुशासित बन्ने प्रतिबद्धताका रूपमा हेरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page