logo

शुक्रबार, भाद्र १९ २०८३

kantipurpationlinetv

२०८३ भाद्र १९ शुक्रबार

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग


  • शुक्रबार, भाद्र १९ २०८३
  • 15.7K
    SHARES

    काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।

    एनआरएनए एनसीसी यूएईले संकलन गरेको उक्त रकम बाढीपीडितको सहयोगार्थ एनआरएनए आईसीसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।

    सहयोग रकम नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

    बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए एनसीसी यूएईले सहयोग रकम संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।

    संकलित रकम बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत र सहयोगमा उपयोग गरिने अध्यक्ष ठकुरीले बताए ।

    उनका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले एनआरएनए एनसीसी यूएईले सहयोग अभियानमार्फत रकम संकलन गरेको हो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page