logo

मंगलबार, मंसिर २ २०८३

kantipurpationlinetv

२०८३ मंसिर २ मंगलबार

चर्चित गायिका ज्योति मगरको ठूलो एकादशी त्रिवेणी मेलामा विशेष प्रस्तुति रहने

चर्चित गायिका ज्योति मगरको ठूलो एकादशी त्रिवेणी मेलामा विशेष प्रस्तुति रहने


  • मंगलबार, मंसिर २ २०८३
  • 1K
    SHARES

    गोरखा: गोरखाको शहीद लखन गाउँपालिका–३, त्रिवेणीस्थित त्रिवेणी भगवती मन्दिर परिसरमा आगामी मंसिर ३ र ४ गते १५औँ हरिबोधनी ठूलो एकादशी त्रिवेणी मेला–२०८३ आयोजना हुने भएको छ।

    हरेक वर्षझैँ यस वर्ष पनि मंसिर ३ गते बेलुकादेखि ४ गते बिहानसम्म सञ्चालन हुने मेलामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै विविध सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

    मेलाको मुख्य सांगीतिक आकर्षणका रूपमा चर्चित गायिका ज्योति मगरको विशेष प्रस्तुति रहनेछ। त्यसैगरी, मोडल तथा डान्सर पार्वती श्रेष्ठ, लोकदोहोरी गायक पृथ्वी गुरुङ, चन्द्र परियार, तारा गुरुङ, सञ्जय गुरुङ र गोविन्द बाबु रिजालले पनि आफ्नो प्रस्तुति दिनेछन्।

    त्यस्तै, सन् २००६ का सिनर्जी राइजिङ स्टार राकेश थापा मगर, गायिका अनु गुरुङ र डान्सर राजन थापाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।

    विभिन्न समाजको लाइभ चुड्का, फूलको डोली चढाउने कार्यक्रम तथा इच्छाकामना त्रिवेणी कला केन्द्रको विशेष प्रस्तुति मेलाका थप आकर्षण रहने मेला संयोजक पृथ्वी गुरुङले जानकारी दिए।

    धार्मिक आस्था र स्थानीय संस्कृतिसँग जोडिएको यस मेलाले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने संयोजक गुरुङले बताए।

    त्रिवेणी मन्दिर धार्मिक तथा पर्यटन व्यवस्थापन समितिको मूल आयोजनामा हुने मेलाको सांस्कृतिक उपसमितिमा कालिका युवा क्लब र निभारे पुरानो सिलिङ महिला समूह रहेका छन्।

    यसैबीच, आयोजकले मेलाका लागि व्यापारिक तथा व्यावसायिक स्टल बुकिङ खुला गरेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page