logo

बिहिबार, मंसिर ४ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ४ बिहिबार

एमालेबाट निर्वाचित धार्चेका वडाध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमालेबाट निर्वाचित धार्चेका वडाध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश


  • बिहिबार, मंसिर ४ २०८३
  • 98
    SHARES

    गोरखा । गोरखाको धार्चे गाउँपालिका–३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका गुरुङ बुधबार (मंसिर ३) नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

    २०७९ को निर्वाचनमा गुरुङले ३८७ मत प्राप्त गर्दै वडाध्यक्षमा जित हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३७७ मत पाएका थिए। उक्त निर्वाचनमा वडाध्यक्ष एमालेले जिते पनि वडा सदस्यसहित अन्य सबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

    गुरुङको पार्टी परिवर्तनसँगै धार्चे–३ को स्थानीय राजनीतिक समीकरणमा समेत परिवर्तन आएको छ। एमालेबाट निर्वाचित वडाध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि उनको पदको कानुनी अवस्थाबारे पनि चासो बढेको छ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्यागसम्बन्धी कानुनी प्रक्रिया पूरा भएमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त हुन सक्छ। यसका लागि सम्बन्धित दलले आवश्यक निर्णय र प्रमाणसहित निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था छ।

    तर गुरुङको पार्टी प्रवेशबारे एमालेले औपचारिक रूपमा निर्वाचन आयोगमा जानकारी गराएको वा आयोगले उनको पद रिक्त हुने निर्णय गरेको विवरण भने सार्वजनिक भएको छैन।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page