logo

बिहिबार, साउन १५ २०८२

kantipurpationlinetv

२०८२ साउन १५ बिहिबार

गौतमबुद्ध क्रिकेट रंगशालाको काममा ढिलाइ, १० करोडभन्दा बढी रकम फिर्ता

गौतमबुद्ध क्रिकेट रंगशालाको काममा ढिलाइ, १० करोडभन्दा बढी रकम फिर्ता


  • सोमबार, साउन १२ २०८२
  • 6K
    SHARES

    चितवन, साउन १२ — भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम समयमै सम्पन्न हुन नसक्दा संघीय र प्रदेश सरकारले विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता गरिएको छ।

    भरतपुर महानगरपालिकाको समन्वयमा निकासा गरिएको उक्त रकम तोकिएको समयमा काम पूरा नभएपछि पुनः संघ र प्रदेश सरकारलाई फिर्ता गरिएको हो।

    महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले रु २५ करोड विनियोजन गरेकोमा रु १७ करोड ६५ लाख ६९ हजार ८३० मात्र खर्च भएको छ। बाँकी करिब रु ७ करोड ३४ लाख ३० हजार फिर्ता भएको हो।

    यस्तै, बागमती प्रदेश सरकारले निकासा गरेको रु १० करोडमध्ये रु ६ करोड ८० लाख मात्र खर्च भएको र रु ३ करोड २० लाख फिर्ता भएको बताइएको छ।

    निर्माण कम्पनीले गत आर्थिक वर्ष भित्र ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो, तर असार मसान्तसम्म आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै पुगेको छ। हालसम्म भौतिक प्रगति ३० प्रतिशत रहेको छ।

    गौतमबुद्ध रंगशालाको निर्माण हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले गरेको हो। सम्झौताअनुसार रंगशाला निर्माण कार्य २०८३ पुस २२ गतेभित्र सम्पन्न हुनुपर्नेछ।

    हालसम्म पाँच हजार दर्शक क्षमताको प्याराफिट ढलान सकिएको छ भने दुई हजार दर्शक क्षमताको प्याराफिट निर्माणाधीन छ। दुई वटा टावरमध्ये एकको भुइँतलाको ढलान सम्पन्न भइसकेको छ भने अर्को टावरको भुइँ काम भइरहेको छ। साथै नालीको ढक्कन राखिएको छ, कम्पाउण्डको केही हिस्सा निर्माण भइसकेको छ र ट्रान्सफर्मर जडान गरिएको छ।

    काम ढिलो भएको भन्दै भरतपुर महानगरपालिकाले दुई महिनाअघि निर्माण कम्पनीलाई समयमै काम सकाउन निर्देशन दिएको थियो। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहितको टोलीले निर्माण स्थलमा गएर कम्पनीलाई छिटो काम गर्न आग्रह गरेका थिए।

    महानगरपालिकाले रंगशालाको लागि रु ५ करोड विनियोजन गरेको थियो, जुन रकम पनि फ्रिजमा परेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech