काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तुलसिंह रनपछाई पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड वितरण कार्यक्रममा ‘साधना सञ्चारकर्मी सम्मान-२०८१’ बाट सम्मानित भएका छन् ।
आज चलचित्र विकास बोर्डमा आयोजित अवार्ड वितरण कार्यक्रममा गुल्मी जिल्ला मदाने गाउँपालिका वडा १ अग्लुङ्गमा जन्मिएका सञ्चारकर्मी रनपछाईलाई सम्मान गरिएको हो ।
रनपाछाईले डेढ दशक देखि विभिन्न एफएम रेडियोहरूमा लोक गीत सङ्गीतको कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनी सञ्चारकर्मीका अलवा लोकदोहोरी गायक पनि हुन्।
२०६५ सालमा सञ्चार क्षेत्रमा प्रवेश गरेका रनपछाईले हाल सम्म रेडियो प्युठान, रेडियो स्काई, गुल्मी, सिटिजन एफ.एम, ब्रोड एफ. एम., काठमाडौँमा काम गरिसकेका छन् । हाल उनी डिजिटल अनलाईन टिभीका सञ्चालक हुन् ।
गीत सङ्गीतमा पनि उत्तिकै सक्रिय रनपछाईले कति महान् छौ, तिमि मेरी होइनौ सानु, बधाई, लालीगुराँस फुल्यो बनैमा, सुपारी काँचो लगायतका दुई दर्जन भन्दा बढी गीतहरूमा स्वर दिएका छन् ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने