काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अध्यक्षका प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको एकता र वृहत्तर हितलाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ता लिएपछि शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्। शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्षमा रहने सहमति भएको छ।
उपाध्यक्षहरूमा मलेसियाका खगेन्द्र न्यौपाने, बेलायतका रामशरण सिम्खडा, कतारका प्रबिन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोजकुमार श्रेष्ठ लगायत चयन भएका छन्।
महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) निर्विरोध चयन भएकी छन् भने युवा उपाध्यक्षमा पोर्चुगलका भीमसेन थापा चयन भएका छन्।
महासचिवमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का चयन भएका छन्। उपमहासचिवमा जापानका टंकप्रसाद गैरे, बेलायतका दिनेश कुमार घिमिरे, अस्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी तथा जापानका पारसमणि पोखरेल चयन भएका छन्।
सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङ चयन भएका छन्।
महिला सचिवमा चीनकी अमृता थापा (कञ्चन) तथा कोषाध्यक्षमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन्। सहकोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सहकोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा चयन भएकी छन्।
युवा संयोजकमा जापानका नवीन निउरे चयन भएका छन् भने मध्यपूर्व, एसिया प्यासिफिक र युरोप क्षेत्रीय संयोजकमा क्रमशः रमेश श्रेष्ठ, दीपक कँडेल र रोबोट लिम्बु निर्विरोध चयन भएका छन्।
नयाँ नेतृत्व चयनसँगै महाधिवेशन आज सम्पन्न हुँदैछ।
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार