काठमाडौं: दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन अनुरोध गरेको छ।
दूतावासले सूचना जारी गर्दै नेपाल फर्कन चाहने नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो।
मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ।
थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले उल्लेख गरेको छ।

-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक