गोरखा: गोरखा जिल्लाको घार्चे गाउँपालिकामा आज बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। घार्चे आधारभूत अस्पताल, घार्चे–३, खोर्लावेशीमा बिहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोर्नी तथा नसारोग, नवजात शिशु तथा बालरोग, स्त्री तथा प्रसूति सेवा तथा रेडियोलोजी सम्बन्धी विशेषज्ञ सेवा प्रदान भइरहेको छ। साथै, सम्पूर्ण स्वास्थ्य जाँच निःशुल्क गरिनुका साथै डाक्टरको सिफारिस अनुसार सुगर परीक्षण, मुटुको ईसीजी, भिडियो एक्स–रे तथा औषधि वितरण समेत निःशुल्क गरिएको छ।
शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको छ। गाउँपालिकाकी अध्यक्ष सुनिला गुरूङका अनुसार शिविरमा सेवाग्राहीको उत्साहजनक उपस्थिति देखिएको छ।
उक्त शिविरको आयोजना तथा प्राविधिक सहयोग एन.पी.आई. गोरखा अस्पतालले गरेको हो। त्यसैगरी, घार्चे गाउँपालिका, गोरखा तथा घार्चे आधारभूत अस्पताल, खोर्लावेशीको समन्वय तथा सहयोग गरेका छन्। सह–आयोजकका रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड पनि संलग्न रहेको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुर्याएको अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण