गोरखा — चुमनुव्री गाउँपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आधारभूत तालिम सञ्चालन गरिएको छ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सञ्चालित उक्त १० दिने तालिममार्फत स्वयंसेविकाहरूलाई आवश्यक स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।
तालिमले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन तथा समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा चुमनुव्री गाउँपालिका, स्वास्थ्य शाखा, फिलिम, गोरखा तथा धार्चे गाउँपालिका, स्वास्थ्य शाखा, माछिखोला, गोरखाको समन्वयन रहेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण