गोरखा — चुमनुव्री गाउँपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आधारभूत तालिम सञ्चालन गरिएको छ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सञ्चालित उक्त १० दिने तालिममार्फत स्वयंसेविकाहरूलाई आवश्यक स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।
तालिमले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन तथा समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा चुमनुव्री गाउँपालिका, स्वास्थ्य शाखा, फिलिम, गोरखा तथा धार्चे गाउँपालिका, स्वास्थ्य शाखा, माछिखोला, गोरखाको समन्वयन रहेको थियो।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल