गोरखा — प्रदेश अस्पताल गोरखाले विविध कार्यक्रमका साथ ५३औँ वार्षिकोत्सव मनाएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षता तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालको हालसम्मको समग्र प्रगति, सेवा विस्तार र वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए। त्यस्तै, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू तथा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वार्षिकोत्सवका अवसरमा अस्पताललाई सहयोग पुर्याउने सिम्रन क्रसर उद्योग, गोर्खाली बचत तथा ऋण सहकारी संस्था र सहिद लखन गाउँपालिका–७ का सोमबहादुर गुरुङलाई सम्मान गरिएको अस्पतालले जनाएको छ। साथै, सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी