काठमाडौं — कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर लाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मानित गरिएको छ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क को १० औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. सुधा शर्मा ले कलेजलाई सम्मान प्रदान गरेकी थिइन्।
मुख तथा दाँत स्वास्थ्य क्षेत्रमा संस्थागत विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै कलेजलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
अवार्ड ग्रहण कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. रबिन्द्रमान श्रेष्ठ, अस्पताल निर्देशक डा. प्रतिक्षा श्रेष्ठ तथा सीईओ प्रतिकमान श्रेष्ठको उपस्थिति रहेको थियो।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्माले देशभरबाट छनोट गरिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा संस्थाहरूलाई गरी २० वटा अवार्ड प्रदान गरेकी हुन्।
सम्मानित हुनेमा कोशी प्रदेशबाट प्रा.डा. नवीन कुमार कर्ण, मधेशबाट डा. सुभाषकुमार चौधरी, बागमतीबाट प्रा.डा. यादव भट्ट, प्रा.डा. दीपक श्रेष्ठ, डा. जया श्रेष्ठ र डा. दिनेश्वरी श्रेष्ठ, गण्डकीबाट प्रा.डा. एलिया श्रेष्ठ, लुम्बिनीबाट डा. नन्दुप्रसाद पाठक, कर्णालीबाट डा. उमाकान्त तिवारी र सुदूरपश्चिमबाट डा. मेराज आलम अन्सारी रहेका छन्।
यसैगरी, डा. चुमनलाल दास, विक्रम अधिकारी, विनोद अर्याल, सुशीला डंगोल, भिष्मकुमार श्रेष्ठ, शैलेश वैद्य, राष्ट्रिय समाचार समितिका विष्णुप्रसाद नेपाल तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, कान्तिपुर डेन्टल कलेज एन्ड रिसर्च सेन्टर र रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखालाई पनि सम्मान गरिएको छ।
कार्यक्रम सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण