गोरखा: धार्चे गाउँपालिकाको पशु प्राविधिकहरूले नागरिकहरूको गोठ–गोठमै पुगेर पशु उपचार सेवा प्रदान गर्न थालेका छन्। यस कार्यले विशेषगरी दुर्गम गाउँमा बसोबास गर्ने कृषकहरूलाई ठूलो राहत पुगेको छ।
गाउँपालिकाका अनुसार वडा नं. ४ र वडा नं. ५ का विभिन्न बस्तीहरूमा पुगेर पशुहरूको उपचार, औषधि वितरण तथा आवश्यक परामर्श दिइँदै आएको छ। पशुमा रोग लागेपछि समयमै उपचार नपाउने समस्या न्यूनीकरण गर्न प्राविधिक टोली घरदैलोमै खटिएको हो।
सेवा अन्तर्गत पशुहरूको स्वास्थ्य परीक्षण, रोगको पहिचान, आवश्यक औषधि प्रयोग तथा बन्ध्याकरण सेवा समेत प्रदान गरिएको छ। साथै कृषकहरूलाई पशुपालनसम्बन्धी सचेतना तथा परामर्श पनि दिइएको छ।
टाढा रहेका गोठहरूमा औषधि र उपचार नपाउने समस्या घट्दै गएको स्थानीयले बताएका छन्। आवश्यकता अनुसार कृषकहरूले फोनमार्फत पनि प्राविधिकलाई बोलाउने गरेका छन्।
गाउँमै पुगेर पशु सेवा दिन थालेपछि दुर्गम क्षेत्रका कृषकहरूलाई सहज भएको छ भने पशुपालन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल