logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

गोरखा अस्पतालमा शनिबार–आइतबार बिदा, ओपीडी सेवा बन्द

गोरखा अस्पतालमा शनिबार–आइतबार बिदा, ओपीडी सेवा बन्द


  • शुक्रबार, बैशाख ४ २०८३
  • 2.2K
    SHARES

    गोरखा — गण्डकी प्रदेश अन्तर्गत रहेको प्रदेश अस्पताल गोरखाले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८३ बैशाक ४ गतेको पत्रको आधारमा उक्त व्यवस्था लागू गरिएको हो।

    अस्पतालका अनुसार मिति २०८३ बैशाक ५ गतेदेखि लागू हुने गरी हप्ताको शनिबार र आइतबार बिदा रहनेछ। यस अवधिमा अस्पतालको ओपीडी (बहिरंग सेवा) पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ।

    यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा तथा अन्तरंग (भर्ना) विभाग भने २४ सै घण्टा नियमित रूपमा सञ्चालनमा रहने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

    अस्पताल प्रशासनले सेवाग्राहीहरूलाई सोहीअनुसार आफ्नो उपचार योजना मिलाउन अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page