तनहुँ — भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, दमौली तनहुँको आयोजनामा तथा विभिन्न निकायसँगको समन्वयमा यस हप्ता कृषकस्तरमा तीन दिने मत्स्यपालन तालिम, भुरा वितरण, प्राविधिक अन्तरक्रिया, अनुगमन तथा समन्वय बैठकसहितका विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
त्यसैगरी व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकास्थित पशुपालन फर्म तथा दुग्ध सहकारीहरूको प्राविधिक अनुगमन, असल अभ्यास सम्बन्धी अभिमुखीकरण तथा कृत्रिम गर्भाधानसम्बन्धी कार्यशाला गोष्ठी समेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार पछिल्ला दिनहरूमा कार्यालयले समन्वयात्मक तथा परिणाममुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण