गोरखा — काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) नेपाल र आँपपिपल अस्पतालको सहकार्यमा आँपपिपल अस्पतालमा दुई दिने निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिहीबार र शुक्रबार आयोजित शिविरमा २१५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको किओच नेपालले जनाएको छ।
शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ तथा किओच नेपालका अध्यक्ष डा. भगवान कोइरालासहित विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।
शिविरअन्तर्गत मुटुरोग, छाती रोग, मिर्गौला रोग, रगत तथा क्यान्सरजन्य रोगलगायतका समस्याको परीक्षण, परामर्श तथा उपचार गरिएको थियो।
शिविरमार्फत गोरखाको ग्रामीण क्षेत्रका बालबालिकाले विशेषज्ञ सेवा लिने अवसर पाएको भन्दै आँपपिपल अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पाठकले किओच नेपालप्रति आभार व्यक्त गरेकी छन्।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी