काठमाडौं — स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएको सन्दर्भमा कान्तिपुर जनरल हस्पिटल, बसुन्धरामा सिटीभिटीद्वारा मान्यता प्राप्त केयर गिभर तालिम सञ्चालनमा आएको छ।
केयर गिभर भन्नाले बिरामी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूलाई दैनिक जीवनमा सहयोग गर्ने प्रशिक्षित जनशक्ति बुझिन्छ। उनीहरूले व्यक्तिगत सरसफाइ, खानपान व्यवस्थापन, औषधि सेवनमा सहयोग, स्वास्थ्य निगरानी तथा भावनात्मक सहयोग प्रदान गर्ने जिम्मेवारी निर्वाह गर्छन्।
अस्पतालका अनुसार तालिमलाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको छ। सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने उपकरण र सीपहरू प्रत्यक्ष अभ्यासमार्फत सिक्ने व्यवस्था गरिएको छ। तालिमको अवधि तीन महिना तोकिएको छ।
विश्वव्यापी रूपमा वृद्धजनको संख्या वृद्धि र दीर्घरोगीहरूको हेरचाहको आवश्यकता बढ्दै जाँदा केयर गिभरको माग तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा तालिमप्राप्त जनशक्तिका लागि स्वदेश तथा विदेशमा रोजगारीका अवसरहरू उल्लेख्य रहने अपेक्षा गरिएको छ। एसएलसी उत्तीर्ण गरी १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकहरूले उक्त तालिममा सहभागी हुन सक्नेछन्।
स्वास्थ्य क्षेत्रमा करियर निर्माण गर्न चाहने तथा छोटो अवधिमै व्यवहारिक सीप हासिल गर्न इच्छुक व्यक्तिहरूका लागि यो तालिम उपयुक्त अवसरका रूपमा लिइएको छ। तालिममार्फत सहभागीहरूलाई बिरामीको हेरचाह, सुरक्षा, दैनिक गतिविधिमा सहयोग तथा आधारभूत स्वास्थ्य सेवा सम्बन्धी सीप विकास गराइने अस्पतालले जनाएको छ। स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण