काठमाडौँ — राष्ट्रिय संगीतकर्मी सङ्घ जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा मिति २०८३ वैशाख १३ गते आइतबार तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित मानसिंह धर्म माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम संस्थाकी अध्यक्ष गुणकुमारी खतिवडा बानियाँ (पार्वती) को सभापतित्वमा सम्पन्न भएको थियो।
ब्लोदान काठमाडौँ मध्य क्षेत्र र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका–१० का वडाध्यक्ष कुमार राई प्रमुख अतिथि रहेका थिए।
त्यसैगरी राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रीय प्रथम उपाध्यक्ष अमृत खाती, महासचिव विनोद ढकाल, केन्द्रीय उपाध्यक्ष जीवन परियार, मानसिंह धर्म माविका प्रधानाध्यापक केदार गजुरेल, उपमहासचिव रविन्द्र रिमाल, बागमती प्रदेश कोषाध्यक्ष उमेश कार्की (युके), जिल्ला कार्यसमिति काठमाडौँका निवर्तमान अध्यक्ष निरेन श्रेष्ठ, जिल्ला कार्यसमिति नुवाकोटका वरिष्ठ उपाध्यक्ष उत्तम भण्डारीलगायत विभिन्न कलाकार, संगीतकर्मी, समाजसेवी तथा सहयोगी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा २१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। कार्यक्रम सञ्चालन जिल्ला कार्यसमिति काठमाडौँका सचिव गणेश घिमिरेले गरेका थिए।