काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधार सम्बन्धी एक सय कार्य योजनाहरूको कार्यान्वयनमा तीव्रता दिएको छ ।
शासकीय सुधार कार्य योजना अनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ ।
सोमबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले महाशाखा प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ ।
मन्त्रालयले अस्पताललाई ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेडियोलोजिकल विभाग लगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ ।
त्यसै गरी, बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।
कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउन निर्देशन दिएको मन्त्रालयले अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न समेत भनेको छ । मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा ‘एमआर’हरूलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले यस अघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरिसकेको छ ।
सरकारको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्य योजना’को सूची ८५ को ‘क’ देखि ‘ङ’ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँग सम्बन्धित विषय समावेश छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण