महेन्द्रनगर — समाजसेवी तथा टिकटकर अशुंबर्माले कञ्चनपुरको महेन्द्रनगरमा ‘गोल्डेन ब्रिज पब्लिक स्कूल’ सञ्चालनमा ल्याएका छन्। यस शैक्षिक वर्षदेखि सञ्चालनमा आएको विद्यालयमार्फत जेहेनदार तथा आर्थिक रूपमा कमजोर तथा असहाय विद्यार्थीहरूलाई नि:शुल्क शिक्षा प्रदान गरिँदै आएको छ।
विद्यालयले आधुनिक तथा गुणस्तरीय शिक्षामा जोड दिँदै कक्षाहरू सञ्चालन गरिरहेको जनाएको छ। विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै विद्यालयमा आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा बालमैत्री ‘किड्डी पार्क’ जस्ता पूर्वाधारको व्यवस्था गरिएको छ।
विद्यालय व्यवस्थापनका अनुसार दक्ष शिक्षक टोली र प्रभावकारी शिक्षण पद्धतिका कारण छोटो समयमै विद्यालय स्थानीय स्तरमा लोकप्रिय बन्दै गएको छ।
आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यस पहलले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा