काठमाडौं — गैरआवासीय नेपालीहरूको लगानीमा सञ्चालन हुने ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ दर्ता भएको छ।
पब्लिक लिमिटेड कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम उक्त कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत दर्ता भएको कम्पनीका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिएका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार प्रवासी नेपालीहरूको लगानीलाई सामूहिक रूपमा संकलन गरी नेपालको विभिन्न क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित कम्पनी सञ्चालनमा ल्याइएको हो।
यसैबीच कम्पनीबारे जानकारी दिन आइतबार जापानको राजधानी टोकियोमा विशेष सेमिनार आयोजना गरिएको थियो। कार्यक्रममा अध्यक्ष श्रेष्ठले कम्पनीको उद्देश्य, लगानीका क्षेत्र, लगानी प्रक्रिया तथा सम्भावित प्रतिफलका विषयमा विस्तृत जानकारी दिएका थिए।
कम्पनीमा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रविन शेरचन निर्देशकका रूपमा आबद्ध रहेका छन्।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा