गोरखा: आँपपिपल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधी वितरण प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि बिमा सुविधाअन्तर्गत औषधी लिन सम्बन्धित बिरामी स्वयं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम लागू गरिएको अस्पतालले जनाएको छ।
अस्पतालद्वारा जारी सूचनाअनुसार बिरामीको सट्टामा आफन्त, सहयोगी वा अन्य कुनै प्रतिनिधि (proxy) मार्फत औषधी लिन पाउने व्यवस्था अब मान्य नहुने स्पष्ट गरिएको छ। औषधी पुनः-भर्ना (refill) प्रक्रियामा समेत बिरामी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था कायम गरिएको छ।
अस्पताल प्रशासनका अनुसार यो निर्णय बिरामीको उचित स्वास्थ्य मूल्याङ्कन, औषधीको सुरक्षित वितरण तथा स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धी नियमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न लागू गरिएको हो।
यो नयाँ व्यवस्था तत्काल प्रभावबाट लागू भएको आँपपिपल अस्पतालले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण