गोरखा — प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र गोरखा नगरपालिकाको सहयोगमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा अन्तरगत थेरापी सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए।
उनका अनुसार आयुर्वेद थेरापी सेवा अन्तरगत पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा थप गरिएको छ। एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयुर्वेद सेवा सुरु गरिएको उनले बताए।
अस्पतालमा आयुर्वेद सेवाका लागि छुट्टै भवन समेत व्यवस्था गरिएको छ। शाखामार्फत विभिन्न आयुर्वेदिक थेरापी सेवा तथा आयुर्वेदिक औषधि सेवा समेत उपलब्ध गराइएको छ।
अध्यक्ष ढकालले सबै बिरामीलाई एलोपेथी औषधिले मात्र काम नगर्ने भएकाले आवश्यकताअनुसार आयुर्वेदिक उपचार सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे। अस्पतालले सबै प्रकारका बिरामीलाई एकै स्थानबाट उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण