गोरखा– गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिका क्षेत्रभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरेसँगै आइतबार आयोजित एक कार्यक्रमबीच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
यसअघि २०७४ सालमा पूर्णखोपयुक्त पालिका घोषणा भएको गोरखा नगरपालिकाले त्यसयता हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्दै आएको जनाएको छ ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालका अनुसार पूर्णखोप सुनिश्चित गर्न नगरपालिकाले घरधुरी सर्वेक्षण सञ्चालन गरेको थियो । सर्वेक्षणका क्रममा नियमित खोप लगाउन छुटेका चार जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिकाभित्र १५ महिनासम्मका ६ सय ६७ र १६ देखि २३ महिनासम्मका ४ सय ९० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको अर्यालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडामा नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ भने गोरखा अस्पतालस्थित संस्थागत क्लिनिकबाट पनि हरेक मंगलबार खोप सेवा प्रदान गरिँदै आएको छ ।
वडा, नगरपालिका तथा जिल्ला खोप समन्वय समितिको अनुगमनपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु