गोरखा । प्रदेश अस्पताल गोरखाले विविध कार्यक्रम आयोजना गरी १९औँ गणतन्त्र दिवस मनाएको छ।
“गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास र समृद्ध नेपालको निर्माण” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीको उपस्थितिमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
गणतन्त्र दिवसको अवसरमा अस्पतालले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिसहित करिब ६० जनाको निःशुल्क नसर्ने रोग (एनसीडी) परीक्षण गरेको जनाएको छ।
त्यसैगरी, एकीकृत कार्यालयको सहयोगमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई दुईवटा ह्वीलचेयर हस्तान्तरण गरिएको थियो।
अस्पतालले आम नागरिकलाई गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै स्वास्थ्यको अधिकारको सुनिश्चितता नै गणतन्त्रको वास्तविक उपलब्धि भएको उल्लेख गरेको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू