गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले अगुवा कृषकलाई लक्षित गर्दै मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ।
कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका ४० जना अगुवा कृषकको सहभागिता रहेको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य समस्याको पहिचान र समयमै स्वास्थ्य सेवा लिनुपर्ने विषयमा छलफल गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसैगरी, कृषिमा रासायनिक विषादीको न्यून तथा सुरक्षित प्रयोग, विषादीको समुचित व्यवस्थापन र पोषणसँग जोडेर स्वस्थ तथा सुरक्षित कृषि उपज उत्पादन र उपभोग प्रवर्द्धनका विषयमा पनि सहभागीबीच अन्तरक्रिया गरिएको थियो।
कार्यालयले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिसँगै सुरक्षित कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल