गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले अगुवा कृषकलाई लक्षित गर्दै मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ।
कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका ४० जना अगुवा कृषकको सहभागिता रहेको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य समस्याको पहिचान र समयमै स्वास्थ्य सेवा लिनुपर्ने विषयमा छलफल गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसैगरी, कृषिमा रासायनिक विषादीको न्यून तथा सुरक्षित प्रयोग, विषादीको समुचित व्यवस्थापन र पोषणसँग जोडेर स्वस्थ तथा सुरक्षित कृषि उपज उत्पादन र उपभोग प्रवर्द्धनका विषयमा पनि सहभागीबीच अन्तरक्रिया गरिएको थियो।
कार्यालयले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिसँगै सुरक्षित कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु